बाग्मती प्रदेश सहित देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभर वर्षाको सम्भावना

0
SHARES
3
VIEWS

दमक// बाग्मती प्रदेश सहित देशका धेरै ठाउँमा बिहान देखि नै पानी परिरहेको छ ।
काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित ठूलो वर्षाको अनुमान गरिएको छ ।

बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो । यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने अनुमान छ ।

भोलि पनि काठमाण्डौ सहितका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार