इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

0
SHARES
1
VIEWS

दमक//  इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ ।

गत भदौमा एमाले नेता सुवास नेम्वाङको निधन पस्चात सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन भएको थियो । जहाँ २०७९ मंसिर ४ को आम निर्वाचनमा समेत सुवास नेम्वाङको प्रतिद्वान्दि रहनुभएका नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्का छोरा सुहाङ नेम्वाङले ५ हजार ८ सय ३० मतान्तरले पछि पार्दै विजयी हासिल गर्नुभएको हो ।

नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो । नेम्वाङलाई चुनावी मैदानमा उतारेपछि पार्टि भित्रै विभिन्न टिकाटिप्पणी समेत भइरहेको थियो । तर चुनावको अन्तिम नतिजा प्राप्त भएपछि भने सबैको मुख बन्द भएको छ । सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खड्काले भने २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११ हजार ४ सय ५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गर्नुभएको छ । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार