बिपन्न परिवारका १५ जोडीको महेश्वरी महिला मञ्चद्वारा सामूहिक विवाह

0
SHARES
3
VIEWS

दमक// बिराटनगरमा बिपन्न परिवारका १५ जोडीको महेश्वरी महिला मञ्चद्वारा बिहिबार सामूहिक विवाह सम्पन्न भएको छ ।

अति विपन्न परिवारबाट छानिएको जोडीलाई अभिभावक र जनप्रतिनिधिको समन्वयमा विवाह गर्ने निर्णय भएको महेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिनुभयो । ६ महिनाको तयारीपछि बल्ल यो कार्यक्रम सम्पन्न गर्न सफल भएको राठिले बताउनुभयो ।

विवाहमा एउटी कन्यालाई घर चलाउनका लागि आवश्यक पर्ने हरेक घरायसी समाग्री समेत उपलब्ध गराएको संघकी अध्यक्ष राठीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सुनको गहना, चाँदीको पाउजु, नाकमा फुली, कानमा सुनको टप समेत दुलहीलाई प्रदान गरिएको छ । दुलाहाका लागि सर्ट र पेन्ट प्रदान गरिएको छ ।

दुलहीको नाममा एघार हजारको मुद्दती खाता समेत खोलिएको अध्यक्ष राठीले बताउनुभयो । बैंक खातामा भएको पैसा ५ वर्षपछि मात्रै झिक्न पाउने व्यवस्था रहेको छ ।

सामुहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै बिराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरौला कार्कीले मानव जीवन लिएपछि यो पुन्यको काम गरेको महसुस भएको बताउनुभएको छ । उहाँले यस्तो पुन्यको काम गरे कुनै पनि बुवाआमालाई छोरी बोझ नहुने समेत बताउनु भएको छ।

यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने अपेक्षा रहेको बताउँदै उहाँले महानगर सँधै साथमा रहने प्रतिवद्धता जनाउनु भएको छ । यस्तै जहदा गाँउपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहले संस्थाले विपन्न परिवारको सन्तानको बिवाह गराएकोमा आभार प्रकट गर्नुभएको छ । विवाह गर्दा कतिपय परिवारको सामर्थ्य नपुग्दा असहज हुनेभएमा आफूबाट हुने सहयोग गर्न तयार रहेको उहाँले बताउनु भएको छ ।

यसरी संस्थाले विवाह गरिदिँदा धेरै राहत मिलेको विवाह बन्धनमा बाँधिएका परिवारहरुको भनाई रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा धुमधामको साथ विवाह गर्ने अवस्था पनि नभएकाले संस्थाले गरेको काम प्रति आफूहरु खुशी रहेको समेत उनीहरुले बताए छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार