नाबालिकालाई बेस्यावृत्तीमा लगाउने होटल संचालिका पक्राउ

0
SHARES
10
VIEWS

दमक// नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाण्डौँको तारकेश्वर बस्ने मुनु गुरुङ रहेकी छिन् ।
२६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी ज्ञानेन्द्र फुयाँलले  बताउनु भयो । तारकेश्वर नगरपालिका–११ स्थित हिलेटोलमा युना खाजाघर सञ्चालन गरेर उनले वेश्यावृत्ती गराएको आरोप छ ।

खाजा घरबाट दुई जना नाबालिका सहित ७ जनालाई प्रहरीले उद्धार गरेको छ । आरोपीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी फुयाँलले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार