नेशनल मेडिकल कलेजका एमडी सहनाज हुसेन र ल्याब टेक्निसियन पक्राऊ

0
SHARES
7
VIEWS

दमक// जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जको नेशनल मेडिकल कलेजका एमडी सहनाज हुसेन अन्सारी र ल्याब टेक्निसियन संजय शाहलाई पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मार्दा म्याद गुज्रिएको औषधी फेला परेपछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले छापा मारेका हो ।

उप‍-मेयर इम्तियाज आलमको नेतृत्वमा रहेको सो टोलीले छापामार्ने क्रममा सन २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको ठाकुरले बताउनु भयो ।

प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले अनुगमन गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ल्याबमा छापामार्दा म्याद नाघेको क्यामिकलहरु बरामद भएको छ । बरामद सबै क्यामिकलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार