कोशी प्रदेशमा पहिरो गयो; अब के गर्छन मूख्यमन्त्री ??

0
SHARES
4
VIEWS

दमक// कोशी प्रदेशका मूख्यमन्त्री केदार कार्कीलाई गरेको समर्थन नेकपा एमाले र नेकपा माओवादीका सांसदहरुले फिर्ता लिएका छन् ।

संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रकिया अगाडी बढाउने निणर्य गरेपछि सोमबार माओवादीको तर्फबाट सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई, पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री नारायण बहादुर वुर्जा मगरले मूख्यमन्त्री समक्ष राजिना बुझाएका हुन् ।

त्यस्तै आजै एमालेका सांसदहरुले समेत मूख्यमन्त्री केदार कार्कीलाई गरेको समर्थन फिर्ता लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पुगेर एमाले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । एकिकृत समाजवादीले भने समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ ।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना प्रदेश सभा सचिवालयमा दिइसकेका छन् । यससँगै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा पर्ने देखिएका छन् । मूख्यमन्त्री कार्कीलाई एमालेको ३९ र माओवादीको १३ सांसदको समर्थन रहेको थियो ।

समर्थन फिर्ता लिएसङ्गै एमाले र माओवादीका सांसदहरुले बैकल्पिक मूख्यमन्त्रीको रुपमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई निवेदन बुझाएका छन् । मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिइएको हो ।

यता मुख्यमन्त्री केदार कार्कीले आफूले संविधानलाई अप्ठ्यारोमा नपर्ने बताएका छन् । आफूले सडकमा निस्केर गोली तार्किँदै नेता बनेको व्यक्ति भएकाले संविधानलाई अप्ठ्यारोमा पार्ने काम नगर्ने बताएका हुन् ।

गत असोजमा कार्की मुख्यमन्त्री मूख्यमन्त्री भएका थिए । कार्कीले अब संविधानको धारा १८८ (२) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार