ट्याक्टर चोरेर भारत लैजाँदैगर्दा गौरिगञ्जका एकजना पक्राउ

0
SHARES
5
VIEWS

दमक// झापाको गौरिगञ्जमा ट्याक्टर चोरी गरि भारत तर्फ लैजाँदै गरेको अवस्थामा एक युवालाई पक्राउ गरेको छ ।

गौरिगञ्ज गाउँपालिका-१ मा आइतबार बिहान स्थानीय होम थपलियाको आफ्नै घर अगाडी पार्किङ गरी राखेको मे १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो । चोरी भएको खबर प्रहरी चौकी कुञ्जिबारीमा जानकारी गराए पछि प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो ।

प्रहरी खटिए लगतै केहि समयमै बिहान ११:३० बजे गौरादह नगरपालिका- ९ का ३५ वर्षीय सुनिल टुडुले भारततर्फ लैजाँदै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको थियो । ट्याक्टर चोरी गर्ने टुडुलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार