नविन राई स्मृति भेट्रान कपः सिविसी ४-२ गोलले विजयी भई सेमी फाइनलमा प्रवेस

0
SHARES
2
VIEWS

दमक// झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा सिविसी भेट्रान क्लब सेमी फाइलनमा प्रवेश गरेको छ ।

झिलझिलेको खेलमैदानमा जारी आइतबारको पहिलो क्वाटरफाइनल खेलमा सिविसी भेट्रान चन्द्रगढि र धुलाबारी भेट्रान बिच भएको खेलबाट ट्राइबेकर मार्फत सिविसीले ४-२ गोल अन्तरले धुलाबारी माथी विजयी हासिल गरेको हो ।

खेलको १८ औं मिनेटमा धुलाबारीको तर्फबाट जर्सी नं. ९ का महेस सरकारले गोल गरेर टिमलाई आसा जगाएका थिए । त्यससँगै पुनहः केहि मिनेटमै जर्सी नं. ११ का सुजन शाक्यले थप १ गोल गरेर टिमको खेल जितेर सेमी फाइनलमा पुग्ने आशालाई अझ बलियो बनाएका थिए ।

तर सो आशा लामो समय टिक्न सकेन, खेलको २३ औं मिनेटमा सिविसीका तर्फबाट जर्सी नं. १६ का सुवास खड्काले गोल गरेपछि खेल २–१ को अन्तर हुन पुग्यो । दुबै टिमले निकै राम्रा राम्रा गोल गर्ने अवसर प्राप्त गरिरहे, तथापी खेलको अन्तिम मिनेट सम्ममा पनि सिविसीले अर्को गोल फर्काउन नसक्दा सिविसीका खेलाडी निराश सँगै आक्रामक देखिन्थे भने धुलाबारीलाई २-१ गोल अन्तरले खेल जितिन्छ भन्ने ढुक्क थियो ।

खेलको समय सकिएर ३ मिनेट थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमै सिविसीका जर्सी नं. १७ का प्रेमकुमार लिम्बूले १ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसले सिविसीलाई जित्ने हौसला थप्यो भने धुलाबारीलाई नैरश्यता ।

अत्यन्त रोमाञ्चक रहेको खेलमा सिविसीले धेरै अवसरहरु गुमाए पनि ट्राइबेकरमा ४-२ गोल अन्तरले सफलता हात पार्यो । सो खेलबाट म्यान अफदी म्याच सिविसीका गोल किपर रुपक गुरुङ नगद २ हजारबाट सम्मानित भए ।

त्यस्तै भोली सोमबारको क्वाटरफाइनलको दोस्रो खेलमा पुर्वेली भेट्रान क्लब बिर्तामोड र एभरेष्ट भेट्रान क्लब मोरङ बीच प्रतिस्पर्धा हुनेछ । खेलको प्रत्यक्ष प्रशारण हाम्रो फेसबुक पेज https://www.facebook.com/profile.php?id=61551057810515 बाट हेर्न सक्नुहुनेछ । खेल दिउँसो ठिक ३ बजेबाट हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार