नबिन राई स्मृति भेट्रान कपः ट्राइबेकरमा सी.वि.सी ४-१ र पुर्वेली बिर्तामोड ५-० ले विजयी

0
SHARES
3
VIEWS

दमक// झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको शनिबार दुई खेल भएका छन् ।

पहिलो खेलमा बिर्तामोड भेट्रान क्लबलाई ट्राइबेकरमा ४-१ गोल अन्तरले हराउँदै सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक (निलो)लाई फराकिलो गोलअन्तरले हराउँदै पुर्वेली भेट्रान क्बल बिर्तामोड विजयी भएको छ । आयोजकलाई ५–० गोल अन्तरले हराउँदै पुर्वेली विजयी भएको हो ।

पहिलो खेलको म्यान अफ दी म्याच सी.वि.सी भेट्रान क्लब चन्द्रगढीका गोल किप्पर र दोस्रो खेलका म्यान अफदी म्याच पुर्वेलीका जर्सी नं. ८ का विकर्ण श्रेष्ठ घोषित भए । उनीहरुले जनही २ हजार प्राप्त गरेका छन ।

यसैगरी आइतबार (भोली) हुने खैलमा धुलाबारी भेट्रान क्लव र सिबिसि भेट्रान क्लव बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता शिवसताक्षी ११ झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भइरहेको छ । खेलको प्रत्यक्ष प्रसारण हाम्रो फेसबुक पेज https://www.facebook.com/profile.php?id=61551057810515 बाट हेर्न सक्नुहुनेछ । खेल दिउँसो ठिक ३ बजेबाट हुने आयोजकले जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार