प्रजातन्त्र दिवसमा पत्रकारलाई नै सुचनाबाट बन्देज

0
SHARES
1
VIEWS

दमक// प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रवेश गर्न नदिएको भन्दै पत्रकारहरुले ‘क्यामरा डाउन’ गरेका छन् ।

आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाण्डौंको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा भित्र जान नदिएको उनीहरुले बताएका छन् । प्रवेश नदिएसँगै पत्रकारहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका हुन् । सूचना तथा प्रसारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि विरोध जनाइएको उनीहरुले बताएका छन् । 

विक्रम संवत् २००७ साल फागुन ७ गते १ सय ४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भइ नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार