धरानमा छायांकन गरिएको चलचित्र ‘खजुरे ब्रो’ मा मेयर हर्क साम्पाङ्को अभिनय

0
SHARES
2
VIEWS

दमक// निती शाह अभिनित चलचित्र ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले समेत छोटो अभिनय गर्नुभएको छ।

चलचित्रको शनिबार धरानमा छायांकन भएको थियो । जसमा मेयर साम्पाङले एक मिनेट लामो अतिथीको भुमिका निर्वाह गर्नुभएको छ ।

चलचित्रमा उनलाई मेयरकै भूमिकामा देख्न सकिन्छ ।  धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुग्नु भएको थियो ।

कमेडी फिल्मलाई ‘षडङ्ग’ फेम्ड सुरज सुनुवारले निर्देशन गरिरहनुभएको छ । धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल निती शाहले पनि डेब्यु गर्नुभएको छ। नितीले छायांकन सेटबाट मेयर साम्पाङसँगका तस्वीर सेयर गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार