इलाम-२ मा मतगणना शुरु; प्रत्येक घण्टामा मत अपडेट गराइने

0
SHARES
7
VIEWS

दमक// इलाम– २ मा मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार