उपनिर्वाचनः इलाम २ मा ११ बजेबाट र बझाङमा दिउँसो मात्रै मतगणना हुने

0
SHARES
1
VIEWS

दमक// इलाम-२ र बझाङ -१ मा मतगणना गर्ने तयारी भइरहेको छ । इलाम क्षेत्र-२ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना आइतबार (आज) बिहान ११ बजेबाट सुरु गर्ने निर्णय भएको छ ।

मतगणनास्थल गौतमबुद्ध सभागृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । गणना फाकफोकथुम गाउँपालिकाबाट सुरु हुनेछ । बिहान ७ बजेकालागि सर्वदलिय बैठक डाकिएपनि प्रतिनिधी ढिला आएका कारण एकघण्टा ढिला गरि बैठक शुरु भएको हो ।

ईलाम २ मा राति करिब २ बजे सम्म मतपेटिका संकलन गर्ने कार्य भएकोले मतगणना कार्य आज हुने भएको हो । इलाम- २ को मतगणना  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा गरिदै छ ।

त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ । आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने जनाइएको छ । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।

शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मत खसेको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार