गायिका मेनुका पौडेलले एआई जडित स्मार्ट भिजन चस्माबाट अब आँखा देख्न सक्ने

0
SHARES
3
VIEWS

दमक// इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहनु भएकी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गर्नुभएको छ ।

आइडलको आइतबार साँझको एपिसोडमा उहाँलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गर्नुभएको हो । शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गर्नु भएको थियो । गायिका लता मंगेशकरको गीतमा पर्फम गरिसकेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएका हुन ।

चस्माको माध्यमाबाट मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको छ । क्यामेरा जडित उक्त चस्माको क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउने गर्छ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्नुहुनेछ ।

मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसक्नु भएको छ । उहाँलाई उपाधिको दाबेदारसमेत मानिँदैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार